२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपांगतामैत्री सेवा विस्तार गर्न र कर्मचारीलाई अतिरिक्त कामका लागि उचित पारिश्रमिक दिनुपर्ने नयाँ निर्देशन जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई अपांगतामैत्री सेवा विस्तार गर्न र कर्मचारीलाई अतिरिक्त कामका लागि उचित पारिश्रमिक दिनुपर्ने नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक बैंक शाखा अपांगतामैत्री बनाउनुपर्ने व्यवस्था गरेको हो ।

निर्देशनअनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा साक्षर नभएका ग्राहकलाई विशेष प्राथमिकता दिँदै सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष काउण्टर तोक्नुपर्नेछ ।

यसैगरी बैंकहरूले आपसी सहकार्यमार्फत प्रत्येक स्थानीय तहमा कम्तीमा एक अपांगमैत्री शाखा सञ्चालन गर्नुपर्नेछ । त्यस्ता शाखाको विवरण अनिवार्य रूपमा आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।

राष्ट्र बैंकले एटीएम सेवामा पनि अपांगमैत्री व्यवस्था अनिवार्य गरेको छ । अब एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन, कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एक एटीएम राख्नुपर्नेछ । यसको विवरण पनि वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, अपांगता भएका व्यक्तिहरूले आफू सक्षम रहेको स्वघोषणा गरेमा एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा स्वतः प्रयोग गर्न पाउने व्यवस्था लागू हुनेछ । बैंकहरूले आफ्ना वेबसाइट र मोबाइल एपहरू दृष्टिविहीनमैत्री हुने गरी विकास गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ सेवामा थप सुधार गर्दै डेबिट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकले यसअघि रहेको सरल बैंकिङसम्बन्धी व्यवस्था परिमार्जन गर्दै अपांगता भएका तथा विशेष आवश्यकताका ग्राहकलाई अझ सहज सेवा दिनुपर्ने स्पष्ट निर्देशन दिएको हो ।

यसअघि केही स्थानमा मात्रै लागू भएको अपांगमैत्री शाखा र एटीएम व्यवस्था अब सबै स्थानीय तहमा विस्तार गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समयमा काममा लगाउँदा प्रचलित कानुनअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

निर्देशनमा कार्यालय समयबाहेक कर्मचारीलाई जबर्जस्ती काममा लगाउन नपाइने उल्लेख गर्दै श्रम अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय