२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद समाधान गर्न सभापति गगन थापाले निर्णायक पहल सुरु गरेका छन् । पार्टीभित्रको असन्तुष्टि चुलिँदै जाँदा थापाले संस्थापन इतर पक्षसँग संवादलाई तीव्र बनाएका हुन् ।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षलाई मिलाएर लैजान अन्तिम प्रस्ताव तयार पारेका छन् । प्रस्तावअनुसार दुई वरिष्ठ नेता, तीन पदाधिकारी र करिब ९० जना केन्द्रीय सदस्यको व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

कांग्रेसभित्र अहिले विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनालाई लिएर विवाद चर्किएको छ । देउवा पक्षले सातै प्रदेशमा समानान्तर भेला गर्दै नेतृत्वमाथि दबाब बढाइरहेको छ । त्यसैबीच सभापति थापाले संवादमार्फत विवाद टुंग्याउने प्रयास थालेका हुन् ।

पार्टीका एक पदाधिकारीका अनुसार सभापति थापाले यही साता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । विशेषगरी जेठ १६ गते खड्कासँग हुने भेटलाई निर्णायक रूपमा हेरिएको छ ।

संस्थापन पक्षको बुझाइमा देउवा समूह नयाँ पार्टी गठनको विकल्पसम्म पुगे पनि कोइराला पक्ष अन्ततः कांग्रेसमै रहने सम्भावना बढी छ । त्यसैले थापा अहिले कोइरालालाई सहमतिमा ल्याउने रणनीतिमा केन्द्रित देखिएका छन् ।

विशेष महाधिवेशनबाट पारित नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २२७ सदस्यीय हुनेछ । हालसम्म १५४ सदस्य रहेको समितिमा सभापति थापाले थप ७३ जना मनोनित गर्न बाँकी छ । यही स्थानबाट देउवा र कोइराला पक्षलाई समेट्ने तयारी भइरहेको बताइएको छ ।

थापाको प्रस्तावअनुसार पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी छ । त्यसबाहेक संस्थापन इतर पक्षबाट तीन जनालाई सहमहामन्त्री बनाउने विकल्प पनि खुला राखिएको छ ।

कोइराला पक्षबाट बद्री पाण्डे, मिनेन्द्र रिजाल, बलबहादुर केसी, सञ्जय गौतम, सरिता प्रसाईं, दीपक गिरी र किरण यादवलगायतलाई केन्द्रीय सदस्यमा ल्याउने तयारी भइरहेको छ ।

यद्यपि सहकारी बचत हिनामिना प्रकरणमा आरोप खेपिरहेका धनराज गुरुङलाई भने मनोनित नगर्ने संकेत संस्थापन पक्षले दिएको छ ।

उता देउवा–कोइराला पक्ष भने १४ औँ महाधिवेशनबाट बनेको पुरानो कार्यसमितिलाई अहिलेको समितिसँग पूर्ण रूपमा मर्ज गर्नुपर्ने अडानमा छ । तर त्यसो गर्दा आफू अल्पमतमा पर्न सक्ने डर सभापति थापामा रहेको बताइन्छ ।

पार्टीभित्र सहमति हुन नसक्नुमा उपसभापति विश्वप्रकाश शर्माको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । देउवा पक्षका नेताहरूले शर्माकै कारण पटकपटक सहमति प्रक्रिया प्रभावित भएको आरोप लगाएका छन् ।

खड्कानिकट नेताहरूका अनुसार सभापति थापा संवादमा सकारात्मक देखिए पनि अन्तिम निर्णयमा पुग्न नसक्नुमा विश्वप्रकाश शर्माको प्रभाव रहेको बुझाइ छ ।

यता शर्मानिकट नेताहरू भने पार्टीभित्रको पुरानो भागबण्डा र गुटबन्दी अन्त्य गर्न खोज्दा केही नेताहरू असन्तुष्ट बनेको दाबी गर्छन् । उनीहरूका अनुसार व्यक्तिगत रूपमा धेरै नेताहरू अहिले पनि विश्वप्रकाश शर्मासँग संवादमा छन् ।

कांग्रेसभित्र बढ्दो शक्ति संघर्षका बीच अब हुने वार्ताले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने नेताहरूको बुझाइ छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय