
पालमा स्मार्टफोन आयात तीव्र रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा स्मार्टफोन आयात मूल्यका आधारमा ३६.७ प्रतिशतले वृद्धि भएको छ।
महँगा मोबाइलप्रति उपभोक्ताको आकर्षण बढ्नु र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु आयात बढ्नुका मुख्य कारण मानिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले कुल ३९ अर्ब ३९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम २८ अर्ब ७६ करोड रुपैयाँ थियो।
परिमाणतर्फ पनि वृद्धि देखिएको छ। यस अवधिमा १८ लाख ६३ हजार ८६९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष १७ लाख ८५ हजार ६५४ थान मात्र आयात भएका थिए।
तर मूल्य वृद्धिको दर परिमाणभन्दा धेरै उच्च देखिएको छ, जसले नेपाली बजारमा उपभोक्ताहरू सस्तोभन्दा महँगा र उन्नत फिचर भएका फोनतर्फ आकर्षित भइरहेको संकेत गर्छ। साथै विदेशी मुद्राको दबाबले पनि लागत बढाएको देखिन्छ।
राजस्वमा पनि वृद्धि
स्मार्टफोन आयातबाट सरकारले ७ अर्ब ३४ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको सम्पूर्ण राजस्वभन्दा बढी हो।
आर्थिक वर्ष २०८१/८२ मा कुल ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए भने २१ लाख ८४ हजार ६९४ थान मोबाइल भित्रिएका थिए।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँ, २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँ र २०७८/७९ मा २८ अर्ब २६ करोड रुपैयाँ बराबरका मोबाइल आयात भएका थिए।
चीनकै वर्चस्व कायम
नेपालको स्मार्टफोन बजारमा चीन अझै प्रमुख आपूर्तिकर्ता बनेको छ। कुल आयातमध्ये १५ लाख ६२ हजार ५७० थान मोबाइल चीनबाट आएका छन्।
चिनियाँ ब्रान्डहरू साओमी, रेड्मी, ओप्पो, रियलमी, टेक्नो र वानप्लस—ले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेका छन्।
त्यस्तै भारतबाट २ लाख ९२ हजार ८७७ थान स्मार्टफोन आयात भएका छन् भने अन्य देशबाट हुने आयात न्यून रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
