२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण राष्ट्रियसभा बैठक आज पनि सञ्चालन हुन सकेन। बैठक अवरुद्ध भएपछि यसलाई भोलिसम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले आजको बैठक सुरु हुनासाथ विरोध जनाएका थिए।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर अवरोध गरेपछि वातावरण तनावपूर्ण बनेको थियो। त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विपक्षीलाई बोल्ने समय दिएका थिए।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै तत्काल फिर्ता लिनुपर्ने माग दोहोर्याएका थिए। उनीहरूको विरोधका कारण बैठक कार्यसूचीअनुसार अघि बढ्न सकेन।

लगातार अवरोध जारी रहेपछि अध्यक्ष दाहालले बैठक भोलि बुधबारसम्मका लागि स्थगित गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय