२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको हो।

नेपालले सुरुआतबाटै दबाब सामना गर्नुपरेको थियो। पावरप्लेभित्रै तीन विकेट गुमाएको नेपालले पहिलो ६ ओभरमा ३२ रन मात्र जोड्न सकेको थियो।

एक समय ६७ रन बनाउँदा सात विकेट गुमाएर अप्ठ्यारो अवस्थामा पुगेको नेपाललाई अनुभवी ब्याटर सीता राना मगर र रुबिना क्षेत्रीले उकासेका थिए। दुवैले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याए।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन्। उनले २८ बलमा ६ चौका प्रहार गरिन्। रुबिना क्षेत्रीले २४ रन बनाइन् भने सोनी पाख्रिनले १३ र ओपनर सम्झना खड्काले १० रन जोडिन्।

रिया शर्मा २०औँ ओभरको अन्तिम बलमा बोल्ड भइन् भने मनिषा उपाध्याय शून्य रनमा अविजित रहिन्।

भुटानका लागि छिरिङ ग्याङमो र सोनमले समान तीन–तीन विकेट लिए। अन्जु गुरुङले दुई विकेट हात पारिन् भने रित्सी छोडेन र रिया प्रधानले एक–एक विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध ११४ रनको लक्ष्य प्रस्तुत गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय