२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको विरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सोमबार बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने तथा संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याए।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले लगातार विरोध गर्दै आएका छन्।

बैठक प्रारम्भ भएपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई धारणा राख्न समय दिएका थिए। त्यसक्रममा विभिन्न विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका थिए।

विपक्षी सांसदहरूको विरोध नरोकिएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवादका कारण प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित बनेको छ। विपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने संकेत गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय