२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ज्ञानबहादुर शाहीले निजी विद्यालयहरूले भर्ना शुल्कको नाम परिवर्तन गरेर अभिभावकबाट रकम असुलिरहेको आरोप लगाएका छन्।

संसद् बैठकमा बोल्दै उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराउँदै सरकारले भर्ना शुल्क नलिन दिएको निर्देशन व्यवहारमा कार्यान्वयन नभएको बताएका हुन्।

सांसद शाहीका अनुसार निजी विद्यालयहरूले भर्ना शुल्क भन्ने शीर्षक हटाए पनि विभिन्न नाममा अभिभावकसँग रकम उठाइरहेका छन्।

उनले संसद्मा भने, “शिक्षामन्त्री हुनुहुन्छ भने भनिदिनुहोला। पहिले आदेशमाथि आदेश र परमादेशमाथि परमादेश आउने गर्थ्यो। निजी विद्यालयलाई भर्ना शुल्क नलिन अहिलेको सरकारले पनि निर्देशन दिएको छ। तर म प्रत्येक विद्यालयको प्रमाण देखाउन सक्छु। भर्ना शुल्क नभनी सहयोग रसिद, वार्षिक सहयोग जस्ता नाम राखेर देशभर रकम असुल भइरहेको छ।”

शाहीले शुल्कको नाम मात्र परिवर्तन गरेर अभिभावकमाथि आर्थिक भार थोपर्ने काम भइरहेको दाबी गरे।

गत चैतमा शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि भर्ना शुल्क तथा अग्रिम शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको थियो। तर त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय