२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूहरूले लगातार सदन अवरोध गरिरहे पनि प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए।

उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिको पुष्टि गर्नुपर्ने वा नेपाली जनतासमक्ष त्यसलाई सच्याउनुपर्ने बताए।

साम्पाङले भने, “आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन। सिमानाको विषयमा हाम्रो देशले छिमेकी मुलुकको कहाँ–कहाँ भूमि अतिक्रमण गरेको रहेछ, त्यसको प्रमाण उहाँले दिनुपर्छ। नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ।”

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अरू मन्त्री वा नेताले स्पष्टीकरण दिएर नहुने धारणा पनि राखे।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। सोही विषयलाई लिएर संसद्मा अवरोधसमेत जारी रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय