२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयलाई नै आफ्नो अस्थायी बसोबास बनाएका छन्। नवनियुक्त मन्त्री पुन बुधबार बिहान आफ्ना बन्दोबस्तीका सामानसहित सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरेका हुन्।

जेनजी आन्दोलनका क्रममा भैसेपाटीस्थित मन्त्री क्वार्टरहरूमा क्षति पुगेपछि सरकारले हाल मन्त्रीहरूको आवास व्यवस्थापन गर्न सकेको छैन। काठमाडौंमा घर भएका मन्त्रीहरू घरबाटै मन्त्रालय आउजाउ गरिरहेका छन् भने अन्यले वैकल्पिक बसोबासको व्यवस्था गरेका छन्।

मन्त्री पुनले पदबहालीपछि नै सरकारले आवास उपलब्ध नगराए मन्त्रालयमै बस्ने बताएका थिए। सोहीअनुसार उनी राष्ट्रिय आविष्कार केन्द्रबाट आफ्ना सामान लिएर मन्त्रालय पुगेका हुन्।

उनले मन्त्रालयमा ४–५ वटा झोला र एउटा कार्टुनसहितका सामान ल्याएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै पुनले आफ्नो सम्पत्ति यही नै रहेको बताएका थिए। उनी यसअघि कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमै बस्दै आएका थिए।

सिंहदरबारमा डेरा सर्ने क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै जीवनमा कहिले के हुन्छ भन्ने कसैलाई थाहा नहुने बताए। उनले अब राष्ट्रिय आविष्कार केन्द्रबाट मन्त्रालयमा सर्नुपरेको उल्लेख गर्दै आफ्नो सम्पत्ति यही सामान मात्र रहेको बताएका छन्।

मन्त्री पुनले आजदेखि मन्त्रालयमै बस्ने र त्यहीँबाट नियमित रूपमा काम गर्ने तयारी गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय