२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना (न्यौपाने) ले बढ्दो साइबर ठगी र ह्वाट्सएप ह्याकिङका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले डिजिटल साक्षरताको अभावका कारण सर्वसाधारण नागरिक ठगीको सिकार बन्नुपरेको बताइन्।

सांसद न्यौपानेले काठमाडौंको बुद्धनगरमा भएका दुई घटनाको उदाहरण दिँदै ह्वाट्सएप ह्याकमार्फत कसरी लाखौँ रुपैयाँ ठगी भइरहेको छ भन्ने विषय संसदमा उठाइन्।

उनका अनुसार बुद्धनगर निवासी तारा पोखरेलको ह्वाट्सएप अकाउन्ट ह्याक भएपछि ह्याकरले उनीकै नाम प्रयोग गरेर आफन्त र चिनेजानेका व्यक्तिसँग रकम मागेका थिए। तारा पोखरेलप्रति विश्वासका कारण धेरैले आपत्कालीन अवस्था परेको ठानेर तत्काल रकम पठाएको उनले बताइन्।

त्यस्तै, बुद्धनगरकै मोना पोखरेल पनि यस्तै प्रकारको साइबर ठगीको सिकार बनेको सांसद न्यौपानेले जानकारी दिइन्।

उनले अर्को घटनाको उल्लेख गर्दै सुधीरमान प्रधानको ह्वाट्सएपमा ‘आईपीएस एक्टिभ गर्नुपर्ने’ सन्देश आएको र त्यसमा क्लिक गरेपछि उनको बैंक खाताबाट पटक–पटक गरेर १० लाख रुपैयाँ चोरी भएको बताइन्।

सांसद न्यौपानेले ठगीबाट संकलित रकम अन्ततः कहाँ पुगिरहेको छ भन्ने प्रश्न उठाउँदै यस्ता अपराध नियन्त्रणका लागि साइबर क्राइम ब्युरोलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइन्।

‘स्क्यामरहरूले नेपाली बैंक खाताको क्यूआर कोड प्रयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘उनीहरूले नेपालमै वैधानिक रूपमा बैंक खाता खोलेर रकम स्थानान्तरण गरिरहेका छन्। उजुरी वा सूचना प्राप्त हुनासाथ सम्बन्धित बैंक खातालाई तत्काल रोक्का गर्ने व्यवस्था हुनुपर्छ।’

बढ्दो डिजिटल ठगी रोक्न प्रभावकारी निगरानी, साइबर सुरक्षा प्रणालीको सुदृढीकरण तथा नागरिकमा डिजिटल सचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय