२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन जारी रहेका बेला अधिवेशनस्थलको मुख्य प्रवेशद्वार बाहिर ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ले शान्तिपूर्ण धर्ना दिएको छ।

आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा फिर्ता गर्न र उनीहरूलाई न्याय दिनुपर्ने मागसहित समूहले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको हो।

धर्नामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गर्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने मागसमेत गरेका छन्। प्रदर्शनका क्रममा विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न आग्रह गरिएको थियो।

रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला आयोजना गरिएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने अधिवेशनका गतिविधिमा कुनै अवरोध नपरेको बताइएको छ।

दबाब समूहले आफ्ना मागप्रति सम्बन्धित पक्षले सुनुवाइ नगरे थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनी पनि दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय