२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

फिफा विश्वकप २०२६ अन्तर्गत आयोजक क्यानडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १–१ को बराबरी खेलेको छ। शुक्रबार राति टोरन्टो रंगशालामा भएको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरे।

खेलको २१औँ मिनेटमा बोस्नियाले अग्रता लिएको थियो। बासिचको कर्नरमा सिद कोलासिनाचले दिएको पासलाई लोभो लुकिचले हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफमा क्यानडाले लगातार दबाब बनायो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका साइले लारिनले खेलको ७८औँ मिनेटमा निर्णायक गोल गरे। उनले मैदान छिरेको तीन मिनेटमै तारिक मुहारेमोभिचलाई छलेर प्रहार गरेको बल जालीमा पुगेपछि क्यानडा हारबाट जोगिएको हो।

खेलको बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन सकेन। बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

बोस्निया एन्ड हर्जोगोभिना प्लेअफ फाइनलमा इटालीलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको टोली हो। आयोजक क्यानडाका लागि भने यो बराबरी पहिलो खेलमै महत्वपूर्ण अंक साबित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय