२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयहरूमा सुरक्षित र समावेशी खेलमैदानको व्यवस्था गर्न तथा खेलमा आधारित शैक्षिक पाठ्यक्रम विकास गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

‘खेललाई बचाउनुहोस्, बाल्यकाललाई बचाउनुहोस्’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय खेल दिवसका अवसरमा जारी विज्ञप्तिमार्फत मन्त्रालयले खेललाई बालबालिकाको आधारभूत अधिकारका रूपमा स्वीकार गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको हो।

मन्त्रालयले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा सबै विद्यालयमा सुरक्षित तथा समावेशी खेलमैदानको व्यवस्था गर्न, खेलमा आधारित शैक्षिक पाठ्यक्रम विकास गर्न तथा विद्यालय र समुदायस्तरमा नियमित खेलकुद र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ।

त्यस्तै, अपाङ्गता भएका तथा विपन्न बालबालिकाको खेलकुदमा समान पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा पनि मन्त्रालयले जोड दिएको छ। खेलमार्फत बाल संरक्षण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा सामाजिक एकता सुदृढ बनाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय खेल दिवसलाई नेपाल सरकारको आधिकारिक क्यालेन्डरमा समावेश गर्ने विषयमा पनि सकारात्मक प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय