२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग सामूहिक छलफल गरेका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आयोजित बैठकमा मधेश प्रदेशका सांसदहरूसँग प्रदेश अधिवेशनका विषयमा छलफल गरिएको हो।

सभापति लामिछानेको सचिवालयका अनुसार मधेश प्रदेश अधिवेशनको तयारी, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे सांसदहरूसँग विचारविमर्श गरिएको थियो।

रास्वपाले अन्य प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला मधेश प्रदेशमा भने आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको छैन।

पार्टीभित्र देखिएको विवादका कारण मधेश प्रदेशका कुनै पनि जिल्लामा हालसम्म अधिवेशन आयोजना गर्न नसकिएको रास्वपाले जनाएको छ।

सोही विषयमा आवश्यक परामर्श र समाधान खोज्ने उद्देश्यले सभापति लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गरेको सचिवालयले जानकारी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय