२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले प्रधानमन्त्री र मन्त्रीहरू स्वयं गैरजिम्मेवार तथा अराजक अभिव्यक्ति दिन प्रतिस्पर्धामा उत्रिएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले पछिल्लो समय सरकारका उच्च पदाधिकारीहरूबाट आउने अभिव्यक्तिले राजनीतिक संस्कारमाथि प्रश्न उठाएको बताए।

उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म विवादास्पद अभिव्यक्ति दिन होडबाजी नै चलेको जस्तो देखिएको टिप्पणी गरे। अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाट सांसदहरूलाई धम्कीपूर्ण शैलीमा ‘तिम्रा देखाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ‘खुट्टा भाँच्ने’ जस्ता शब्द प्रयोग गरेको उनले उल्लेख गरे।

सांसद शर्माले सरकार कानुन कार्यान्वयन गराउने निकाय मात्र नभई स्वयं कानुनप्रति उत्तरदायी हुनुपर्ने बताए।

‘संसद्प्रति जवाफदेही हुने कुरा मात्र होइन, कानुनको परिपालना गर्ने कुरामा सरकार नै गैरजिम्मेवार भएपछि देश कसरी चल्छ ?’ भन्दै उनले प्रश्न उठाए।

उनले वर्तमान अवस्थामा दण्डहीनताले प्रश्रय पाइरहेको दाबी गर्दै वनरक्षकलाई थुनेर मात्रै समस्या समाधान नहुने बताए।

‘यदि कुनै सामान्य नागरिकले कसैलाई खुट्टा भाँच्ने धम्की दिएको भए सरकारले के गर्थ्यो ?’ भन्दै उनले गृहमन्त्रीसँग स्पष्ट जवाफ माग गरे।

मन्त्रीहरूका विवादित अभिव्यक्तिका कारण देशभर गलत सन्देश गएको दाबी गर्दै सांसद शर्माले सरकारलाई संसद्प्रति जवाफदेही बन्न र भएका कमजोरी सच्याउन आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय