२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै झापाका चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन्।

उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसक्दा उद्योग ठूलो दबाबमा परेको हो।

नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँसम्म रहेको छ। त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको नेपाल चिया उत्पादक संघले जनाएको छ।

नेपाल चिया उत्पादक संघ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भोलिदेखि चिया उद्योग र बगान दुवै बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।

संघका महासचिव शुक्र दाहालका अनुसार निर्यात अवरुद्ध भएपछि उद्योग सञ्चालन नै असम्भव हुने अवस्था आएको छ।

उद्योगीहरूले विकल्पका रूपमा बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने भए पनि त्यसका लागि सरकारी स्तरबाट तत्काल पहल आवश्यक रहेको बताएका छन्।

उनीहरूले सरकारलाई नयाँ बजार विस्तार र निर्यात सहज बनाउन कूटनीतिक तथा व्यापारिक पहल गर्न आग्रह गरेका छन्।

चिया उद्योग बन्द हुँदा करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ। यस क्षेत्रबाट राज्यलाई वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व प्राप्त हुँदै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय