२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि तथा पर्यवेक्षकलाई लक्षित गर्दै चितवनका होटल व्यवसायीले विशेष छुटको व्यवस्था गरेका छन्।

आगामी असार ७ गतेदेखि ९ गतेसम्म भरतपुरमा हुने रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले पाहुनाको स्वागतमा आवास, खाना तथा पेयपदार्थमा छुट दिने निर्णय गरेका हुन्।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी पाहुनाका लागि आवास सेवामा २५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

भरतपुर महानगरपालिका क्षेत्र तथा गैँडाकोट आसपासका होटल र रेष्टुरेन्टमा उक्त सुविधा उपलब्ध हुने जनाइएको छ।

पाहुनाले छुट सुविधा पाए–नपाएको अनुगमन गर्न छुट्टै समिति समेत गठन गरिएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए।

क्षेत्रीय होटल सङ्घमा आबद्ध ९० वटा होटलमा करिब १० हजार जना अट्ने क्षमता रहेको बताइएको छ। यद्यपि सङ्घअन्तर्गत चिया पसल, रेष्टुरेन्टदेखि विभिन्न स्तरका होटलसमेत रहेकाले कुल क्षमता यकिन गर्न कठिन रहेको जनाइएको छ।

सङ्घमा हाल ६ सय ७१ सदस्य आबद्ध छन्।

रास्वपा महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रतिनिधि तथा पर्यवेक्षकले भरिने अपेक्षा गरिएको बताए।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले भने आफ्नो आवास खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय