२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनका लागि नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरेको छ।

रास्वपाका अनुसार असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनमा सहभागी हुन दुवै नेतालाई औपचारिक निमन्त्रणापत्र पठाइएको हो।

पार्टीले विशिष्ट अतिथिको रूपमा सहभागी हुन आग्रह गर्दै निम्ता पठाएको जनाएको छ। निमन्त्रणापत्र सम्बन्धित नेतासम्म पुगिसकेको बताइएको छ।

यद्यपि, महाधिवेशनमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने दुवै नेताले अहिलेसम्म अन्तिम निर्णय गरिसकेका छैनन्।

थापा र ओली निकट स्रोतका अनुसार महाधिवेशनमा उपस्थित हुनेबारे आवश्यक परामर्शपछि मात्रै निर्णय लिइनेछ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा आयोजना हुँदैछ, जहाँ देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने तयारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय