२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार एन्फालाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाले आफ्नो विधानको धारा १४ बमोजिम उक्त निर्णय गरिएको जनाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार तत्कालका लागि गुमाएको छ।

फिफाको निर्णयपछि एन्फाअन्तर्गत रहेका राष्ट्रिय टोली र क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो असर पार्ने देखिएको छ।

यस्तै, एन्फा तथा एन्फासँग सम्बन्धित पदाधिकारी, सदस्य वा प्रतिनिधिहरूले फिफा र एएफसीद्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागी हुन नपाउने भएका छन्।

निलम्बनको प्रभाव राष्ट्रिय टोलीदेखि क्लब फुटबलसम्म पर्नेछ। यससँगै फिफा र एएफसीबाट प्राप्त हुँदै आएको आर्थिक सहयोग तथा विभिन्न विकास कार्यक्रमसमेत प्रभावित हुनेछन्।

फिफाले जारी गरेको निर्णयअनुसार अर्को फिफा कंग्रेस बस्नुअघि फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक ठानेमा कुनै पनि समयमा निलम्बन फुकुवा गर्न सक्ने व्यवस्था रहेको छ।

फिफाको यो निर्णयसँगै नेपाली फुटबल अहिले गम्भीर संकटमा परेको छ। अब निलम्बन फुकुवाका लागि एन्फाले फिफाका शर्तहरू पूरा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय