२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार छैटौं दिनमा प्रवेश गरेको छ। पार्टीले आज पदाधिकारी चयनको प्रक्रिया टुंग्याएर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा उद्घाटन भएको थियो। सुरुमा असार ९ गतेसम्म महाधिवेशन सक्ने कार्यतालिका भए पनि प्रतिनिधि चयनमा देखिएको विवाद, केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रिया लम्बिँदा महाधिवेशन अपेक्षाभन्दा धेरै समयसम्म तानिएको हो।

महाधिवेशन लम्बिँदै जाँदा व्यवस्थापनमा समेत दबाब बढेको छ। अतिरिक्त खर्च व्यवस्थापन गर्न कठिन भएपछि शुक्रबार प्रतिनिधिहरूका लागि खाना नखुवाउने निर्णय गरिएको छ। व्यवस्थापन समितिले बिहीबार राति नै बिहानको चियाको मात्रै व्यवस्था हुने जानकारी दिएको थियो।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। तर उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक भएको छैन।

बिहीबार केही असन्तुष्टिका बीच केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो। रास्वपाको विधानअनुसार पहिले सभापति र केन्द्रीय सदस्य चयन गर्ने तथा त्यसपछि पदाधिकारी चयन गर्ने व्यवस्था छ।

महाधिवेशन लगातार लम्बिँदा धेरै प्रतिनिधि घर फर्किन थालेपछि पार्टी नेतृत्वले पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गरी शुक्रबार नै महाधिवेशन समापन गर्ने तयारी गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय