
राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीका कारण असार २४ गतेदेखि तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा बन्द हुने जनाएको छ।
शुक्रबार विभागले सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्ने कार्यका लागि असार २४, २५ र २६ गते जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट उपलब्ध गराइने राहदानी सेवा स्थगित रहने जानकारी दिएको हो।
विभागका अनुसार राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गते दुई दिनका लागि बन्द हुनेछ।
राहदानी विभागले असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
