२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली सेयर बजारले बिहीबार फेरि उत्साहजनक वृद्धि गर्दै २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको छ। नेप्से परिसूचक ९.१४ अंकले बढेर २,७०३.३८ बिन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि पछिल्लो समय देखिएको स्थिर बजारलाई ऊर्जा दिने संकेतका रूपमा हेरिएको छ।

हालै बजार क्रमशः बढिरहेको भए पनि कारोबार रकम भने सामान्य घटेको देखिन्छ। बुधबार ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ९ अर्ब ६४ करोडमा सीमित रह्यो। कुल १२२ कम्पनीको शेयर मूल्य वृद्धि भएको थियो भने १२५ कम्पनीको मूल्यमा गिरावट आयो।

फाइनान्स समूहको चमक फर्कियो

लामो समय कमजोर प्रदर्शन गरिरहेको फाइनान्स समूहमा आज उत्साहजनक सुधार देखिएको छ। यो समूह एकै दिन ४.०९ प्रतिशतले उकालो लाग्यो, जुन आजको सबैभन्दा धेरै वृद्धि भएको क्षेत्र हो। आइतबारदेखि बजार क्रमशः बढिरहेको भए पनि फाइनान्सले खासै गति लिन सकेको थिएन।

त्यस्तै, जीवन बीमा समूह २.६२ प्रतिशत र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले बढे। विकास बैंक १.२०, बैंकिङ ०.३१, उत्पादन तथा प्रशोधन ०.३९, अन्य समूह ०.०३ प्रतिशतले उकालो लागे।

तर, व्यापार समूह १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशतले घटेका छन्।

नेपाल फाइनान्सको मूल्य १०% वृद्धि, सप्तकोशीमा उच्च गिरावट

नेपाल फाइनान्सको शेयर मूल्य आज १० प्रतिशतले बढ्दै सर्वाधिक लाभ कमाउने कम्पनी बन्यो। त्यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले वृद्धि भएको छ।

दोस्रोतर्फ, सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घटेर सर्वाधिक घाटामा परेका कम्पनी बने। धौलागिरी लघुवित्त ५.५५ र पाँचथर पावर ३.७९ प्रतिशतले घटे।

आज कारोबार रकमका आधारमा अगाडि रहेका प्रमुख कम्पनीहरूमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय