२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। नयाँ आचारसंहिताअनुसार कर्मचारीहरूले कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने भएका छन्।

मन्त्रालयका अनुसार कर्मचारीको आचरण, अनुशासन, निष्पक्षता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आचारसंहिता लागू गरिएको हो। मन्त्री प्रतिभा रावलको निर्णयबाट असार १६ गते स्वीकृत भएको आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनका लागि सबै महाशाखा र मातहतका निकायमा पठाइएको छ।

आचारसंहितामा कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने व्यवस्था गरिएको छ। तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।

त्यस्तै फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा र विश्वसनीयतामा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने उल्लेख छ। सरकारको नीति तथा कार्यक्रमविपरीत लेख, विचार वा सामाजिक सञ्जालमा टिप्पणी गर्न पनि रोक लगाइएको छ।

आचारसंहिताले कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्न निर्देशन दिएको छ। धर्म, वर्ण, जात, लिङ्ग वा अन्य कुनै आधारमा विभेद नगरी निष्पक्ष रूपमा सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, कार्यस्थल बाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट गर्न नपाइने, सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नपाइने तथा पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाइने व्यवस्था पनि गरिएको छ।

कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान, जुवातासजस्ता अमर्यादित गतिविधिमा संलग्न हुन पनि रोक लगाइएको छ।

आचारसंहितामा सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड, सरकारी कागजात, सूचना प्रणाली र उपकरणको सुरक्षा गर्ने जिम्मेवारी कर्मचारीकै हुने उल्लेख गरिएको छ। सरकारी सम्पत्ति वा प्रणाली व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

मन्त्रालयले आचारसंहिताको पालना भए–नभएको विषयमा सचिव वा तोकिएको अधिकारीबाट नियमित अनुगमन हुने जनाएको छ। आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय