२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले माइतीघर क्षेत्रको डुबानबारे प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएकी छन्।

मंगलबार साँझ डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागलाई आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

अनुगमन टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

अनुगमनका क्रममा सडक विभागका अधिकारीहरूले माइतीघर क्षेत्रमा बारम्बार हुने डुबानको मुख्य कारण साँघुरो ढल निकास रहेको बताएका छन्।

उनीहरूका अनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल जडान गरिएको भए पनि पानी बाहिरिने स्थानमा ६० सेन्टिमिटरको मात्र ढल रहेकाले वर्षाको पानी सहज रूपमा निकास हुन नसक्दा डुबान हुने गरेको निष्कर्ष निकालिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय