२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा थोरैमाथि तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा छ ।

जसका कारण आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ आसपास भई बग्ने नदी, खोलामा आकस्मिक बाढीको जोखिम छ ।

Ncell

त्यस्तै गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वामानुमान महाशाखाले बताएको छ ।

शनिबार कोशी, बागमती, र गण्डकी प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्नेछ । आइतबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपस्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाले बताएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय