२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्र पहिचान गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी जिल्लाका पाँच मुख्य बजार क्षेत्रलाई केन्द्रित गरेर कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यु हरिनगर बजार क्षेत्रमा पनि लागू गरिएको छ। यस क्षेत्रमा पूर्वतर्फ नुनियतोल, पश्चिमतर्फ पश्चिम खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।

त्यसैगरी, भुटाहा बजार, कप्तानगञ्ज बजार र घुस्की बजार क्षेत्रमा पनि कर्फ्यु आदेश लागू गरिएको छ। भुटाहा बजारमा पूर्वतर्फ मोरिया धार खोला, पश्चिमतर्फ इदगाह फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युभित्र परेको छ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।

यस्तै, घुस्की बजारमा पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुलसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार देवानगञ्ज बजार क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको छ। यस क्षेत्रको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।

प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश पालना गर्न सबैलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय