२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

साउन महिनाको दोस्रो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने सोमबार भगवान् शिवको पूजा–आराधनाका लागि विशेष मानिने भएकाले श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका दर्शनार्थीका लागि खोलिएको छ। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउन विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ। पहिलो साउने सोमबारको अनुभवलाई आधार बनाएर यसपटक थप व्यवस्थापन गरिएको पनि कोषको भनाइ छ।

दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्था परिचालन गरिएको छ। लाखौँ भक्तजनलाई सहज रूपमा दर्शन गराउने तयारी गरिएको कोषले जनाएको छ।

मन्दिरका चारैवटा ढोका बेलुका ८ बजेसम्म, आरती सम्पन्न नहुँदासम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ। दर्शनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।

कोषका अनुसार बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति भए पनि अत्यधिक लाम भने लागेको छैन। दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक सेवा पनि उपलब्ध गराइएको छ।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका शिवालय तथा देशभरका साना–ठूला शिव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। भक्तजनले भगवान् शिवको पूजा, जलाभिषेक र विशेष आराधना गर्दै साउने सोमबार मनाइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय