२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले चालु शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन–अध्यापन सुरु नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन्।

सोमबार डोटीको बुडरबाट फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर हमालले सुदूरपश्चिमका नागरिक वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुँदै आएको बताए। उनले अब सरकारले थप ढिलाइ गर्न नहुने उल्लेख गरे।

मेयर हमालले यही शैक्षिक सत्रबाट गेटामा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने उनले बताएका छन्।

गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी विगत बिहीबारदेखि अनशनमा छन्।

डा. केसीले विश्वविद्यालयका हालै नियुक्त उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने, विश्वविद्यालयलाई पारदर्शी र विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने, साथै गेटामा तत्काल एमबीबीएस अध्ययन सुरु गरी ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन्।

मेयर हमालले विश्वविद्यालयका पदाधिकारी जोसुकै भए पनि गेटामा एमबीबीएस पढाइ तत्काल सुरु हुनु नै अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय