२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

निर्वाचन आयोगका प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आज हुने भएको छ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११:१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) को सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसअघि समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो। प्रमुख निर्वाचन आयुक्तविरुद्ध एउटा उजुरी परेको समितिले जनाएको छ।

समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ गर्ने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय