
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन तथा त्यसक्रममा भएका घटनाबारे छलफल गर्ने भएको छ ।
समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । संसद् सचिवालयका अनुसार बैठकमा जेन–जी आन्दोलनका विभिन्न पक्षबारे छलफल हुनेछ ।
बैठकको कार्यसूचीमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने विषय राखिएको छ ।
यसैगरी, बैठकमा अन्य विविध विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
