२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षपछि सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय एकदिवसीय टोलीको कप्तानीमा फर्काएको छ । क्यानले सन्दीपलाई कप्तान चयन गर्दै रोहित पौडेललाई जिम्मेवारीबाट हटाएको हो ।

यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । सन्दीपमाथि मुद्दा परेपछि रोहितले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । तर, नेपालले हालै नेदरल्यान्ड्समा भएको लिग–२ को महत्वपूर्ण शृंखलामा खराब प्रदर्शन गरेपछि रोहितको कप्तानी खोसिएको हो ।

उक्त शृंखलामा नेपालले कुनै पनि खेल जित्न सकेन । लगातार खराब प्रदर्शनपछि नेपालको एकदिवसीय मान्यता समेत संकटमा परेको छ ।

सन्दीप कप्तानीमा फर्किएसँगै नेपाली टोलीमा अन्य केही चर्चित खेलाडीले पनि स्थान बनाउन सकेनन् ।

एसीसी प्रिमियर कपका लागि घोषणा गरिएको १४ सदस्यीय टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, नन्दन यादव, करण केसी, आरिफ शेख र भीम सार्की छुटेका छन् । नन्दन यादव नेदरल्यान्ड्समा भएको लिग–२ शृंखलाका क्रममा घाइते भएका थिए ।

टोलीमा भने केही युवा खेलाडीले स्थान बनाएका छन् । अर्जुन कुमाल, सन्दीप जोरा, देव खनाल, बसिर अहमद, ईशान पाण्डे, शेर मल्ल र हेमन्त धामीसहितका युवा खेलाडी टोलीमा समेटिएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय