
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाको हत्या भएको छ । धम्जाको माझकटेरामा मजदुरी गर्दै आएका ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार मजदुरीका लागि सँगै आएका ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा खत्रीमाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका थिए ।
घटनापछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा घर्तीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
