
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा जाँदैछन् ।
ओलीको सचिवालयका अनुसार झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी पूर्वतर्फ जान लागेका हुन् । झापामा केही कार्यक्रममा सहभागी भएपछि उनी इलामको फिक्कलमा हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।
एमाले इलाम नगर कमिटीका अध्यक्ष ठाकुरनारायण श्रेष्ठका अनुसार ओलीले फिक्कलमा हुने जनजाति महासंघको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसबाहेक अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुने उनको भनाइ छ ।
चुनावपछि पहिलोपटक ओली गृहजिल्ला जान लागेका हुन् । चुनावलगत्तै पितृशोक तथा पक्राउलगायतका घटनाक्रमका कारण उनी गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
