२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै सुनारले प्रहरीका स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा समितिले मागेको विवरण अझै प्राप्त नभएको भन्दै प्रश्न उठाए।

उनले यसअघि प्रहरी अधिकारीहरूसँगको सवाल–जवाफका क्रममा उठाएका प्रश्नमा आफू अझै पनि अडिग रहेको बताए।

‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने।

सुनारले आफूले अघिल्लो बैठकमा उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित पक्ष तयार हुनुपर्ने बताए। आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए अदालत गएर कानुनी उपचार खोज्नसमेत उनले चुनौती दिए।

‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले भने।

तर सार्वभौम संसदीय समितिको बैठकमा आएर जुहारी खेल्न नहुने उनको भनाइ थियो।

‘एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ सुनारले भने।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी अधिकारीहरूसँग सुनारले गरेको सवाल–जवाफ र उनको प्रस्तुतिशैलीको आलोचना भएको थियो। त्यस विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति, सचिव तथा प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।

त्यसपछि रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय समितिमा प्रस्तुत हुँदा संसदीय मर्यादा कायम गर्न निर्देशन दिएको थियो। तर सुनारले बिहीबारको बैठकमा पनि प्रहरीका स्रोत–साधन खरिदसँग जोडिएका प्रश्नमा आफूले उठाएको विषयबाट पछि नहट्ने स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय