२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा सडक भाँसिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडानमा यात्रुको चाप बढेको छ।

यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाडौं हुने उडानको संख्या दोब्बरभन्दा बढी पुर्‍याइएको छ। हाल भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरका जहाज मात्रै सञ्चालन हुँदै आएका छन्।

बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँचवटा उडान हुँदै आएका थिए। अहिले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उडान संख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ।

उनका अनुसार यात्रुको आवश्यकताअनुसार दैनिक उडान संख्या ९ देखि ११ वटासम्म पुर्‍याइएको छ।

भरतपुर–काठमाडौं आवतजावतका लागि बुद्ध एयरले ‘एटिआर ७२’ जहाज सञ्चालन गर्दै आएको छ। उक्त जहाजले काठमाडौंबाट भरतपुरतर्फ ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गरेको छ।

‘एटिआर ७२’ जहाजको क्षमता ७२ जना यात्रु बोक्ने भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले क्षमताअनुसार यात्रु ओसार्न नसक्ने जनाइएको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। तर, वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्।

भरतपुरबाट काठमाडौं जाने हवाई यात्रुमा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट आउने यात्रुसमेत रहेका छन्।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बढेको यात्रुको चापलाई ध्यानमा राख्दै बुद्ध एयरले उडान संख्या बढाएर यात्रुलाई सहजीकरण गरिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय