२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड, प्रहरीका हतियार लुटपाट तथा विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा एक हजार १३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये २४९ जना अहिले पनि कारागारमा छन् ।

जेनजी प्रदर्शनको एक वर्ष पूरा हुँदा प्रहरी प्रधान कार्यालयका अनुसार भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी विभिन्न कसुरमा एक हजार १३ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ७८५ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने २२८ वटा मुद्दाको कानुनी प्रक्रिया पूरा हुन बाँकी छ ।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये सुरुको अदालतको आदेशबाट २७३ जना पुर्पक्षका लागि जेल चलान भएका थिए । २२ जना साधारण तारेखमा, ४९४ जना धरौटीमा र २२४ जना हाजिरी जमानीमा छुटेका छन् । पुर्पक्षमा जेल गएकामध्ये दोस्रो तहको अदालतबाट केही छुटिसकेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार हाल २४९ जना कारागारमा रहेका छन् ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक उपद्रव, अभद्र व्यवहार, चोरी तथा डाँका चोरी, ज्यानसम्बन्धी कसुर, हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, विद्युतीय कसुर तथा साइबर अपराध र कारागार ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

भदौ २४ गते प्रदर्शनका क्रममा देशभर सरकारी कार्यालय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो । संसद् भवन, सिंहदरबार, बालुवाटार र सर्वोच्च अदालतलगायतका सरकारी संरचनामा समेत आगजनी भएको थियो । विभिन्न स्थानमा प्रहरी कार्यालयमा पनि आगजनी हुनुका साथै हतियार लुटिएका थिए ।

प्रहरीको तथ्यांकअनुसार व्यक्तिको निजी सम्पत्ति तथा सरकारी निवासबाहेक १४३ वटा प्रहरी कार्यालय जलाएर नष्ट भएका थिए भने ३१६ वटा कार्यालयमा आंशिक क्षति पुगेको थियो । हालसम्म ८ वटा प्रहरी कार्यालयबाट काम सुरु हुन सकेको छैन भने २५१ वटा कार्यालय निर्माणाधीन अवस्थामा छन् ।

जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका १४ हजार ५५५ जनामध्ये १० हजार ६९४ जनालाई प्रहरीले पुनः पक्राउ गरी कारागार फर्काएको जनाएको छ ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि गत फागुनमा भएको संघीय संसद्को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको थियो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय