२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल |

बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएपछि मनाङमा औषधी, इन्धन, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएको छ ।

मर्स्याङ्दी, ठाडोखोला र घट्टेखोलामा आएको बाढीका कारण चामे जोड्ने सडकखण्डका १७ स्थानमा बाटो अवरुद्ध भएको छ । बाढीपहिरोले दर्जनभन्दा बढी घर तथा होटलमा समेत क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्न अझै एक सातासम्म लाग्न सक्ने देखिएको छ । सडक अवरुद्ध हुँदा विद्युत्, खानेपानी, इन्धन र खाद्यान्नको आपूर्तिसमेत प्रभावित भएको छ । बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट चार सय लिटर इन्धन मनाङ पुर्‍याइएको थियो ।

बाढीका कारण चामे र नासोँ गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको प्रहरीले जनाएको छ । मनाङ जोड्ने मुख्य सडक तथा आधा दर्जनभन्दा बढी साना–ठूला पुलमा क्षति पुगेको छ ।

बाढीले नासोँ गाउँपालिका–३ खोत्रो र वडा नम्बर ५ बगरछाप, चामे गाउँपालिका–१ स्यार्पुका दुई स्थान, वडा नम्बर १ तिमाङका तीन स्थान, वडा नम्बर ३ तिल्बिङघट्टाका तीन स्थान, वडा नम्बर ४ घट्टेखोला र ठाडोखोला तथा मनाङ ङिस्याङ गाउँपालिका–४ तलेखु र वडा नम्बर ५ भार्ताङका चार स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नासोँ गाउँपालिका–अन्तर्गत तालगाउँका १४ वटा घर तथा होटलमा बाढी पसेर आंशिक क्षति पुगेको छ । नासोँ–८ र ९ जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने वडा नम्बर ९ मा एउटा पसल र वडा नम्बर ३ खोत्रोमा रहेको विद्यालय भवनमा पूर्ण क्षति पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाका १६ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यहाँको एक स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, विमानस्थल र तीनवटा होटलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

सडक, विद्युत् तथा टेलिफोन सेवा प्रभावित भएपछि स्थानीयवासीसँगको सम्पर्कसमेत प्रभावित भएको छ । सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटकसमेत समस्यामा परेका छन् । बाढीपहिरोका कारण अलपत्र परेका करिब दुई सय पर्यटकलाई सम्बन्धित एजेन्सीले निजी हेलिकोप्टरमार्फत स्याउबारीबाट उद्धार गरेको जनाइएको छ ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढीपहिरो प्रभावित मनाङको स्थलगत निरीक्षण गरेका छन् । उनले चामे पुगेर प्रभावित क्षेत्रको अवस्था, क्षति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन् । स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुखसँग छलफल गर्दै अवरुद्ध सडक, पुल, खानेपानीलगायतका पूर्वाधार सञ्चालन गर्ने प्रयास भइरहेको बताएका छन् ।

हिमलुङमा थप तीन शव फेला

नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ ।

आस गुरुङ, सुरज राई र पदम मगरको शव भेटिएसँगै हिमपहिरोमा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । यसअघि वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो । हिमपहिरोमा परेका नौ जना अझै बेपत्ता छन् ।

यस्तै, चामे बजार हुँदै बग्ने घट्टेखोलामा आएको बाढीपहिरोले बगाएर ल्याएको लेदो, बालुवा र गेग्य्रान मर्स्याङ्दी नदीमा थुप्रिएपछि नदीको बहाव अवरुद्ध भएको छ । थुप्रिएको सामग्री हटाउन मंगलबारदेखि मेसिन परिचालन गरिए पनि बुधबार साँझसम्म खासै प्रगति हुन सकेको छैन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीमा पानीको मात्रा कम भए पनि ठूलो क्षेत्र लेदो, बालुवा र ठूला ढुङ्गाले भरिएको छ । इन्धनको अभावका कारण काममा समेत समस्या भइरहेको र सेनाको हेलिकोप्टरबाट इन्धन ल्याएर मेसिन सञ्चालन भइरहेको उनले बताएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय