२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

मध्यपश्चिम विश्वविद्यालयको १७औं सिनेट बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहेको थियो। बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले आगामी वर्षको बजेट प्रस्ताव प्रस्तुत गरेका थिए।

पारित बजेटमा पुँजीगत खर्चतर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालन खर्चतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालयका शैक्षिक, भौतिक, प्रशासनिक तथा अनुसन्धान गतिविधि विस्तार गर्न बजेटको प्राथमिकता केन्द्रित हुने जनाइएको छ।

बैठकमा विश्वविद्यालयका उपकुलपति, डिन, निर्देशक, बोर्ड सदस्यलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयले आगामी वर्षमा गुणस्तरीय शिक्षाका साथै पूर्वाधार निर्माण र अनुसन्धान प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने योजना अघि सारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय