२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

मध्यपश्चिम विश्वविद्यालयको १७औं सिनेट बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहेको थियो। बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले आगामी वर्षको बजेट प्रस्ताव प्रस्तुत गरेका थिए।

पारित बजेटमा पुँजीगत खर्चतर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालन खर्चतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालयका शैक्षिक, भौतिक, प्रशासनिक तथा अनुसन्धान गतिविधि विस्तार गर्न बजेटको प्राथमिकता केन्द्रित हुने जनाइएको छ।

बैठकमा विश्वविद्यालयका उपकुलपति, डिन, निर्देशक, बोर्ड सदस्यलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयले आगामी वर्षमा गुणस्तरीय शिक्षाका साथै पूर्वाधार निर्माण र अनुसन्धान प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने योजना अघि सारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय