२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

भक्तपुर सानोठिमीस्थित यो सामुदायिक विद्यालयमा हाल देशभरिका ७१ जिल्लाबाट विद्यार्थीहरू अध्ययनरत छन्। भारतका समेत ११ जना विद्यार्थीहरू यही विद्यालयमा अध्ययन गरिरहेका छन्। विद्यालयका अनुसार मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, गोरखा र ललितपुरबाहेक सबै जिल्लाका विद्यार्थी आदर्श माविमा पढ्छन्।

प्रधानाध्यापक रामबाबु रेग्मीका अनुसार एउटै कक्षामा कम्तीमा १२ जिल्लाका विद्यार्थी छन् भने कक्षा १० ‘ख’ मा त ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन्। जिल्लागत रूपमा सबैभन्दा बढी दोलखा जिल्लाबाट आएका विद्यार्थी छन् कुल ५८ जना। अछामदेखि तेह्रथुमसम्मका विद्यार्थी पनि यो विद्यालय रोजेर आएका छन्।

विद्यालयको शैक्षिक नतिजा सुदृढ हुँदै गएपछि अभिभावकको रोजाइमा पर्ने यो विद्यालयमा भर्ना सहज छैन। कक्षा ६ देखि माथिका कक्षाहरूमा भर्ना हुन प्रवेश परीक्षा अनिवार्य गरिएको छ। विद्यार्थी चाप उच्च भएकाले कक्षा ६ देखि दुई वटा सेक्सन सञ्चालनमा छन् भने कक्षा ९ र १० मा तीन/तीन वटा सेक्सन छुट्याइएको छ।

शैक्षिक नतिजाको आधारमा आदर्श मावि भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सामुदायिक विद्यालयमध्ये अग्रस्थानमा पर्छ। कक्षा ८ र १० दुवै तहको नतिजामा यो विद्यालय नगरस्तरमै पहिलो बन्न सफल भएको छ। त्यसैको आधारमा यो विद्यालयले दुई पटक नगरकै उत्कृष्ट विद्यालयको उपाधि जितेको छ।

सहायक प्रधानाध्यापक टंक आचार्यका अनुसार विद्यालयले आन्तरिक परीक्षा प्रणालीसँगै कमजोर विद्यार्थीहरूलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। गर्मी बिदाको समय पनि खाली छैन—कक्षा ८, ९, १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा चलिरहेको छ।

विद्यालयले नियमित रुपमा अभिभावकसँग भेटघाट गर्दै विद्यार्थीको उपस्थिति र अध्ययनप्रति ध्यान दिन आग्रह गर्दै आएको छ। “हामीकहाँ आउने विद्यार्थीहरू अरु विद्यालयकै जस्तै हुन्,” आचार्य भन्छन्, “तर अभिभावकको सक्रिय सहभागिताले नै नतिजामा विशेषता ल्याएको हो।”

वि.सं. २०२४ मा स्थापना भएको आदर्श माविको पुरानो संरचना अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोगमा बनेको थियो। भूकम्पपछिको पुनर्निर्माणमा समेत यूएसएआईडीले २२ करोड रुपैयाँ लगानी गरेर नयाँ भवन निर्माण गरिदिएको हो।

यस विद्यालयबाट अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थीहरूमा सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरी, उद्योगपति वसन्त चौधरी, पूर्व पत्रकार रमा सिंह, अभिनेता भुवन केसीलगायतको नाम अग्रपंक्तिमा छ।

देशैभरका विद्यार्थीलाई आकर्षित गर्न सफल यो विद्यालय सामुदायिक शिक्षा प्रणालीभित्रै उत्कृष्टताको नयाँ मानक बनिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय