
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर आवश्यक स्वास्थ्य जनशक्ति पठाउन कठिन भएको गुनासो गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित ‘स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उपत्यका बाहिर सरुवा भएका स्वास्थ्यकर्मीहरू रमाना बुझ्न समेत नमानेको तथ्य सार्वजनिक गरेका हुन्।
“उपत्यकाबाहिरका संघीय तथा प्रदेश स्तरका स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभाव कायमै छ,” मन्त्री पौडेलले भने, “तर उपत्यकाबाहिर पठाइएका कर्मचारीहरू आफ्नो कर्तव्यमा जानै चाहँदैनन्।”
उनका अनुसार काठमाडौं उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत स्वास्थ्य जनशक्ति कार्यरत छन्, भने उपत्यका बाहिर भने यो संख्या मात्र ३३ प्रतिशतको हाराहारीमा छ।
हाल मन्त्रालय मातहत जम्मा २६ सय स्वास्थ्यकर्मी कार्यरत छन्, तर उपत्यकाबाहिर आवश्यकको एक तिहाई जनशक्ति पनि नपुगेको पौडेलको भनाइ छ।
राज्यमन्त्री पौडेलले आपतकाल वा विपद्का समयमा तल्लो तहमा नै जनशक्ति भए तत्कालै राहत तथा स्वास्थ्य सेवा दिन सकिने बताए। उनले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी न्यून रहेकोप्रति पनि चिन्ता व्यक्त गरे।
“स्वास्थ्य संस्थाहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्छ,” पौडेलले भने, “तर त्यसका लागि जनशक्ति व्यवस्थापन नै हाम्रो प्रमुख चुनौती बनेको छ।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।