२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेपाली समाजमा साउन १५ विशेष दिनको रूपमा मनाइँदैछ। धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा महत्व बोकेको यस दिन विशेषगरी खीर खाएर मनाउने परम्परा छ। वर्षा ऋतुको मध्य बिन्दुमा पर्ने यस दिन घर–घरमा दूध, चामल र मरमसलालगायत सामग्री मिसाएर स्वादिलो खीर पकाइन्छ।

धार्मिक दृष्टिकोणले पनि खीरलाई सात्विक आहार मानिने भएकाले यस दिनको महत्व अझ गहिरो छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीर पितृ कार्य र देव पूजा दुबैमा उपयोगी मानिएको छ।

ऋषिमुनिका पालादेखि नै श्राद्ध लगायत पितृ कार्यमा खीर खुवाउने चलन रहिआएको छ। वैदिक सनातन धर्मअनुसार पितृलाई गाईको दूधबाट बनेको पायस चढाउनुपर्ने परम्परा अझै जीवित छ।

चामलको खीरसँगै सावधाना, सेवई, गाजर र मकैको खीर पनि प्रचलनमा छन्। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर बनाउने चलन पछिल्ला वर्षहरूमा झनै बढेको छ। नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा पकाइएको भात वा चामल, चिनी, मसला आदि मिसाएर बनाइएको स्वादिलो खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ।

असार १५ मा दही च्यूरा, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा बनाएर खाने परम्परा झैँ, साउन १५ लाई खीर खाने दिनको रूपमा मनाउने परम्परा नेपाली समाजमा जरा गाडेर बसेको छ।

यसै अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’ का रूपमा मनाउने चलन थालेको छ, जसको उद्देश्य परम्परागत खानपान संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै दुग्धजन्य उत्पादनको उपभोग बढाउनु पनि हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय