२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

कक्षा १२ को नतिजा आज सोमबार साँझ सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज साँझ ५ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

शैक्षिक क्यालेन्डरअनुसार कक्षा १२ को नतिजा साउन १५ भित्र सार्वजनिक गरिनुपर्ने हो। तर गत चैत २० देखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण परीक्षा सञ्चालनमा ढिलाइ भएको र सोही अनुसार नतिजा प्रकाशन पनि प्रभावित भएको हो।

शिक्षक आन्दोलनकै कारण ११ वैशाखमा हुने भनिएको परीक्षा १० दिन ढिलाइ भई २१ वैशाखदेखि सुरु भएको थियो। यस वर्ष देशभरिबाट कूल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले एसएमएस, वेबसाइट र मोबाइल एपमार्फत नतिजा हेर्न सक्नेछन्। परीक्षा बोर्डले आज बेलुकी त्यससम्बन्धी सूचना पनि प्रकाशित गर्ने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय