२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

कक्षा १२ को नतिजा आज सोमबार साँझ सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज साँझ ५ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

शैक्षिक क्यालेन्डरअनुसार कक्षा १२ को नतिजा साउन १५ भित्र सार्वजनिक गरिनुपर्ने हो। तर गत चैत २० देखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण परीक्षा सञ्चालनमा ढिलाइ भएको र सोही अनुसार नतिजा प्रकाशन पनि प्रभावित भएको हो।

शिक्षक आन्दोलनकै कारण ११ वैशाखमा हुने भनिएको परीक्षा १० दिन ढिलाइ भई २१ वैशाखदेखि सुरु भएको थियो। यस वर्ष देशभरिबाट कूल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले एसएमएस, वेबसाइट र मोबाइल एपमार्फत नतिजा हेर्न सक्नेछन्। परीक्षा बोर्डले आज बेलुकी त्यससम्बन्धी सूचना पनि प्रकाशित गर्ने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय