२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

कैलालीको धनगढी कारागारमा शुक्रबार राति भएको कैदीबन्दीबीचको भीषण झडपपछि एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। गृहमन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै तत्कालीन अवस्था नियन्त्रणमा लिन तथा कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न पहल थालिएको जनाएको छ।

गृहमन्त्री रमेश लेखकले शनिबार बिहान गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीसँग बैठक गरी घटनाको सम्पूर्ण विवरण लिए। छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचाररत एक गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने निर्णय भएको छ। यसका लागि सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

प्रवक्ता काफ्लेले भने, “कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न र थप अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नेछन्। बाँकी घाइतेकै उपचारका लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ।”

शुक्रबार मध्यराति कैदीबन्दीका दुई समूहबीच भएको झडपपछि कारागार केही समयका लागि कैदीकै नियन्त्रणमा परेको थियो। शनिबार दिनभर सुरक्षाकर्मीहरूलाई भित्र प्रवेश गर्न कठिनाइ भएको भए पनि अहिले ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको र शान्ति सुरक्षाको वातावरण कायम गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय