२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

रुपन्देही जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक ग्यारेन्टीसहित तारिखमा छाड्ने माग अस्वीकार गरेको छ। सोमबार साँझ जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दुई दफाको आधारमा थुनामुक्तको माग खारेज गरेको हो।

लामिछानेले दफा ६८ र ७१ लाई आधार मानेर थुनामुक्त हुन माग गरेका थिए। तर अदालतले दफा ६८ सम्बन्धी विषय सर्वोच्च अदालतबाट टुंगिइसकेको भन्दै पुनः प्रवेश गर्न अस्वीकार गर्‍यो। आदेशमा भनिएको छ— “सर्वोच्च अदालतबाट समेत बदर भइसकेको अवस्थामा सोही दफामा यस अदालत प्रवेश गर्न मिल्ने देखिएन।”

दफा ७१ सम्बन्धी मागमा अदालतले थप प्रमाण तथा साक्षी बुझ्ने काम बाँकी रहेको र लामिछानेले तात्विक फरक पार्ने नयाँ प्रमाण पेश नगरेको टिप्पणी गर्‍यो। साथै, उनीमाथि सहकारी ऐन र संगठित अपराध निवारण ऐन अन्तर्गतको अभियोगमा बिगो रकम अझै यकिन नभएको पनि औल्याइएको छ।

अदालतले “बैंक ग्यारेन्टी लिई तारेखमा राख्न मिल्ने देखिएन” भन्दै कानूनबमोजिम कारबाही गर्न आदेश दिएको छ। साथै, सुप्रिम सहकारी प्रकरणको प्रकृति हेर्दा छिटोछरितो न्यायनिर्णय गर्नुपर्ने उल्लेख गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय