२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति दीपक अर्याल नियुक्त भएयता माओवादी केन्द्र–निकट अखिल क्रान्तिकारीले निरन्तर पदाधिकारीलाई अवरोध गर्दै आएको छ।

सोमबार क्रान्तिकारीका कार्यकर्ताले रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालको कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएको एक कर्मचारीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार तोडफोडपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो।

क्रान्तिकारीले केन्द्रीय विभागमा समायोजन भएका चार विभाग—अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र, र लैंगिक अध्ययन—को शुल्क घटाउन माग गर्दै २० दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ। कार्यकक्षको ढोकामा नै धर्ना भएपछि उपकुलपति अर्यालले कार्यालय आउन छाडेका छन्।

प्रहरी हस्तक्षेपमा त्रिवि जिल्ला इन्जार्च ममता जोशी र सुशील नेपाली घाइते भएको क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार, तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि सोमबार साँझ नै रिहा गरिएको हो।

त्रिविले वार्ताका लागि विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा समिति गठन गरेपनि सहमति हुन सकेको छैन। यसबीच, विश्वविद्यालयका प्राध्यापक र जानकारहरूले यो आन्दोलनको भित्री उद्देश्य शैक्षिक भन्दा बढी पदाधिकारीमा भागबण्डा हासिल गर्ने भएको आशंका व्यक्त गरेका छन्।

यसअघि पनि क्रान्तिकारीलगायत दल–निकट विद्यार्थी संगठनहरूले परीक्षा नियन्त्रक, कानुन संकायको डिन, अनुगमन तथा अन्तर्राष्ट्रिय निर्देशनालयजस्ता पदहरूमा भागबण्डा गर्न दबाब दिँदै आएका छन्। गत असारदेखि नै उनीहरूले तालाबन्दी, प्रवेश अवरोध र पदाधिकारीको कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गर्दै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय