२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति दीपक अर्याल नियुक्त भएयता माओवादी केन्द्र–निकट अखिल क्रान्तिकारीले निरन्तर पदाधिकारीलाई अवरोध गर्दै आएको छ।

सोमबार क्रान्तिकारीका कार्यकर्ताले रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालको कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएको एक कर्मचारीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार तोडफोडपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो।

क्रान्तिकारीले केन्द्रीय विभागमा समायोजन भएका चार विभाग—अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र, र लैंगिक अध्ययन—को शुल्क घटाउन माग गर्दै २० दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ। कार्यकक्षको ढोकामा नै धर्ना भएपछि उपकुलपति अर्यालले कार्यालय आउन छाडेका छन्।

प्रहरी हस्तक्षेपमा त्रिवि जिल्ला इन्जार्च ममता जोशी र सुशील नेपाली घाइते भएको क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार, तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि सोमबार साँझ नै रिहा गरिएको हो।

त्रिविले वार्ताका लागि विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा समिति गठन गरेपनि सहमति हुन सकेको छैन। यसबीच, विश्वविद्यालयका प्राध्यापक र जानकारहरूले यो आन्दोलनको भित्री उद्देश्य शैक्षिक भन्दा बढी पदाधिकारीमा भागबण्डा हासिल गर्ने भएको आशंका व्यक्त गरेका छन्।

यसअघि पनि क्रान्तिकारीलगायत दल–निकट विद्यार्थी संगठनहरूले परीक्षा नियन्त्रक, कानुन संकायको डिन, अनुगमन तथा अन्तर्राष्ट्रिय निर्देशनालयजस्ता पदहरूमा भागबण्डा गर्न दबाब दिँदै आएका छन्। गत असारदेखि नै उनीहरूले तालाबन्दी, प्रवेश अवरोध र पदाधिकारीको कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गर्दै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय