२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को बहसलाई राष्ट्रिय आवश्यकताबाट विषयान्तर गरी अर्थहीन विषयमा प्रयोग गर्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीति र नीतिमा देखिएको अस्थिरता अन्त्य गर्न अहिलेको सरकार बनेको बताए। तर, संसद् र सार्वजनिक बहसमा सकारात्मक कामबारे छलफलको साटो युवालाई गाली, निन्दा र आरोपमा भुलाउने प्रवृत्ति बढेको उनले उल्लेख गरे।

“सरकारले गरेको काममाथि प्रश्न उठोस् भन्ने चाहन्थेँ,” ओलीले भने, “तर अहिलेको बहसले देशमा केही गर्ने चाहना राख्ने वा युवालाई भरोसा दिने उद्देश्य राखेको छैन। बरु समाजलाई उत्तेजनामा ल्याउने नियत देखिन्छ।”

उनले सदनलाई सामाजिक सञ्जालका लागि सामग्री उत्पादन गर्ने थलो बनाउने कार्य अस्वीकार्य भएको भन्दै राष्ट्रिय प्राथमिकतामा केन्द्रित बहस आवश्यक रहेको जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय