२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। चारदिने यस भ्रमणअन्तर्गत उनी भदौ १८ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भदौ १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन्। त्यसै दिन राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने दिवा भोजमा सहभागी भएर उनी साँझ काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको चीन यात्रा सांघाई अर्गनाइजेशन फर कोअपरेसन (एससीओ) को सम्मेलनमा विशेष वक्ताका रूपमा सम्बोधन गर्नका लागि हुने भएको हो। सम्मेलन यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुँदैछ। नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदार राष्ट्रको रूपमा रहेको छ।

एससीओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्र छन्। यस्तै, नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी १४ संवाद साझेदार राष्ट्र रहेका छन्। यसपटकको शिखर सम्मेलनमा नेपालबाट उच्चस्तरको सहभागिता पहिलोपटक हुन लागेको हो।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ। चीनले भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिलाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ।

प्रधानमन्त्री ओलीको भदौको अन्त्यतिर भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ। भारत यात्रा अघि चीन भ्रमण हुन लागेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय