२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। चारदिने यस भ्रमणअन्तर्गत उनी भदौ १८ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भदौ १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन्। त्यसै दिन राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने दिवा भोजमा सहभागी भएर उनी साँझ काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको चीन यात्रा सांघाई अर्गनाइजेशन फर कोअपरेसन (एससीओ) को सम्मेलनमा विशेष वक्ताका रूपमा सम्बोधन गर्नका लागि हुने भएको हो। सम्मेलन यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुँदैछ। नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदार राष्ट्रको रूपमा रहेको छ।

एससीओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्र छन्। यस्तै, नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी १४ संवाद साझेदार राष्ट्र रहेका छन्। यसपटकको शिखर सम्मेलनमा नेपालबाट उच्चस्तरको सहभागिता पहिलोपटक हुन लागेको हो।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ। चीनले भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिलाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ।

प्रधानमन्त्री ओलीको भदौको अन्त्यतिर भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ। भारत यात्रा अघि चीन भ्रमण हुन लागेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय