२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपालकै पहिलो गाडी गुड्ने नागढुंगा–नौबिसे सुरुङमार्गमा सञ्चालन शुल्क तोकिएको छ। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले तोकेको शुल्क अनुसार कार/भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र फर्किँदा ६० रुपैयाँ तिर्नेछन्। मिनी बस/ट्रकको शुल्क आउँदा ११५ र फर्किँदा ८० रुपैयाँ तोकिएको छ। बस/ट्रकले आउँदा २६० र फर्किँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने भारी सवारीका लागि आउँदा ६ सय र फर्किँदा २५० रुपैयाँ हुनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार शुल्क वैज्ञानिक अध्ययनका आधारमा तोकिएको हो। सुरुङमा मोटरसाइकल, ग्यास बुलेट, पेट्रोल/डिजेल ट्याङ्कर र सुरक्षामा जोखिम हुने सवारी साधनलाई प्रवेश अनुमति दिइने छैन।

९४.५ प्रतिशत निर्माण सम्पन्न भइसकेको यो परियोजना कात्तिकसम्म पुरा गर्ने लक्ष्य छ। सुरक्षा तालिमपछि पुसदेखि सञ्चालन गर्ने तयारी भएको परियोजना निर्देशक सौजन्य नेपालले बताए। ५.१३ किलोमिटर लामो तीन लेनको यो मार्ग धादिङको सिस्ने खोलाबाट सुरु भई काठमाडौं चन्द्रागिरि बलम्बुमा निस्कनेछ।

यो सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट खण्डमा यात्रा समय झन्डै ३० मिनेट छोटिनेछ। २२ अर्ब लागतको यो आयोजना जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा र नेपाल सरकारको लगानीमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्दैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय