२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्।

काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औँलाको टुप्पो र खरानी खरिद गरेका थिए। मलामीले ‘घाटे ब्राह्मणले खुट्टाको मासु बेचे’ भन्ने उजुरी दिएपछि काभ्रेको मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी उदयपुरको कटारी घर भएका २४ वर्षीय विनायक मैनाली पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार ढकाल र मैनालीले ४ सय रुपैयाँको लोभमा मृत शरीरको औँलाको सानो भाग र खरानी दिएका थिए। अंग माग्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको बयानमा उल्लेख छ। तर, कुन भगवानको पूजा गर्न यस्तो चाहिन्छ भन्नेबारे उनीहरूलाई थाहा नभएको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय