
पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्।
काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औँलाको टुप्पो र खरानी खरिद गरेका थिए। मलामीले ‘घाटे ब्राह्मणले खुट्टाको मासु बेचे’ भन्ने उजुरी दिएपछि काभ्रेको मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी उदयपुरको कटारी घर भएका २४ वर्षीय विनायक मैनाली पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार ढकाल र मैनालीले ४ सय रुपैयाँको लोभमा मृत शरीरको औँलाको सानो भाग र खरानी दिएका थिए। अंग माग्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको बयानमा उल्लेख छ। तर, कुन भगवानको पूजा गर्न यस्तो चाहिन्छ भन्नेबारे उनीहरूलाई थाहा नभएको बताएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।