२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। बिहीबार पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले कारागारमा रहेका व्यक्तिबारे सदनमा समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही नभएको बताए।

उनले भने, “हिजो प्रधानमन्त्रीज्यूले संसदमा जुन अभिव्यक्ति दिनुभयो त्यसप्रति हाम्रो खेद छ। हाम्रो पार्टीको बारेमा बोल्नुभएकोमा चिन्ता छैन, तर थुनामा रहेको व्यक्तिबारे सदनमा त्यति समय व्यतित गर्नु मानसिक विचलन हो।”

प्रधानमन्त्री ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका थिए, “भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले जवाफ माग्छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो कुरा हो।”

मनिष झाले सुशासनलाई केवल भाषणमा होइन, सामाजिक र सार्वजनिक सेवा वितरणमा देखिनुपर्ने पनि जोड दिए। उनले भने, “ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ? प्रधानमन्त्रीले लगानीको वातावरण कमजोर हुने विषयमा भने बोल्नुभएन। तर थुनामा रहेका नेताको बारेमा स्तर गुमाएर अपव्याख्या गर्नु उचित होइन।”

रास्वपाले यस अभिव्यक्तिलाई संसदमा नागरिकस्तरको संवेदनशीलता विपरित ठहराउँदै आलोचना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय