२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। बिहीबार पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले कारागारमा रहेका व्यक्तिबारे सदनमा समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही नभएको बताए।

उनले भने, “हिजो प्रधानमन्त्रीज्यूले संसदमा जुन अभिव्यक्ति दिनुभयो त्यसप्रति हाम्रो खेद छ। हाम्रो पार्टीको बारेमा बोल्नुभएकोमा चिन्ता छैन, तर थुनामा रहेको व्यक्तिबारे सदनमा त्यति समय व्यतित गर्नु मानसिक विचलन हो।”

प्रधानमन्त्री ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका थिए, “भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले जवाफ माग्छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो कुरा हो।”

मनिष झाले सुशासनलाई केवल भाषणमा होइन, सामाजिक र सार्वजनिक सेवा वितरणमा देखिनुपर्ने पनि जोड दिए। उनले भने, “ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ? प्रधानमन्त्रीले लगानीको वातावरण कमजोर हुने विषयमा भने बोल्नुभएन। तर थुनामा रहेका नेताको बारेमा स्तर गुमाएर अपव्याख्या गर्नु उचित होइन।”

रास्वपाले यस अभिव्यक्तिलाई संसदमा नागरिकस्तरको संवेदनशीलता विपरित ठहराउँदै आलोचना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय